अहमदावाद विमान दुर्घटनामा सबै २४२ यात्रुको मृत्यु

Date: 2025-06-12
news-banner

भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा सबै २४२ जना यात्रुको मृत्यु भएको छ ।भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार विमानमा सवार सबै २४२ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले गुजरात प्रहरीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिकसहित जम्मा २३० यात्रु थिए । बाँकी १२ जना चालक दलका सदस्य थिए ।दुर्घटनास्थलमा भेटिएका अधिकांश शवहरू जलेका छन् । डीएनए परीक्षण पछि मात्र उनीहरूको पहिचान सम्भव हुने समाचारमा उल्लेख छ ।विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको छ ।

विमान अहमदावादको सिभिल अस्पतालका डाक्टरहरू बस्ने भवनसँग ठोक्किएको थियो । दुर्घटनाको समयमा भवनमा ५० देखि ६० डाक्टरहरू उपस्थित थिए, जसमध्ये १५ जनाभन्दा बढी घाइते भएका छन् ।

Leave Your Comments