१) धुम्रपान तथा सुतिजन्य पदार्थको सेवनको करण मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मुत्रनली, पाठेघर आदीको क्यान्सर हुन्छ ।
२) मदिरा सेवनबाट दीर्घकालिन रुपमा उच्च रक्तचाप, मुटुरोग, पाचनप्रकृयामा समस्या, प्रतिरक्षा प्रणली कमजोर हुने, सिकाइमा समस्या वा सम्झना शक्तिमा समसया हुने, मानसिक समसया पारिवारिक समस्या आदी समस्याहरु देखा पर्न सक्छन् ।
३) घरेलु तथा लैंगिक हिंसाबाट प्रभावित व्यक्तिलाई अस्पतालमा आधारित एकद्दार संकट व्यवस्थापन प्रणलीको माध्यमबाट स्वास्थ्य उपचार, कानुनी सहयोग, सुरक्षा, मनोपरामर्श लगायतका सेवाहरु निःशुल्क रपमा उपलब्ध हुदै आएको छ। ललितपुर जिल्लामा यो सेवा पाटन असपताल लगनखेलबाट उपलब्ध गराइएको छ ।
४) नेपाल प्रहरीको तथ्याक्त अनुसार आ.व.२०८०/२०८१ म मात्रै नेपालमा ७२२३ जना व्यक्तिहरुको ज्यान आत्महत्याको कारणले गएको छ। तसर्थ आत्महत्य रोकथाम तथा न्युनिकरणमा हामी सबै लागी परौं। यदि कसैलाई आत्महत्याको सोच आइमा निः शुल्क कल ११६६ मा फोन गरी आत्महत्या गर्ने सोच बदलौ।
५) मुख्य मूख्य नसर्नेरोग लाग्नबाट बच्न कम्तिमा वर्षमा एक पटक रक्तचाप, सुगरलेवलको जाच र कोलस्टेरोइड जाच गर्ने गरौं।
६) बच्चा जन्मेपछि खोप तालिका बमोजिम तोकिएको खोप सबै र पुरा मात्रा लगाएमा बालबालिकामा रोग लाग्ने दर र मृत्यु हुने दरमा कमी ल्याउने छ। राष्टिय खोप कार्यक्रम अन्तर्गत जन्मेदेखि २ वर्ष मुनिका बालबालिकालाई खोप तालिका अनुसार सबै खोपहरु पुरा गरी देहायका १३ प्रकारका रोगहरुबाट बचाउन सकिन्छ ।
७) महिलाले आफ्नो इच्छा अनुसार गर्भवती हुने वा नहुने वा कहिले हुने, गर्गावती अवस्थामा कसरी स्वास्थ्य रहने, तनाब र संक्रमण रहित तरिकाले दक्ष प्रसुतिकर्मीद्दारा प्रसूतिगराई स्वास्थ्य शिशु जन्माउनुका साथै सुत्केरी अवस्थामा गुणस्तरिय सेवा उपलब्ध हुने ब्यवस्था गरी आमा र शिशुलाई स्वास्थ्य राख्नु नै सुरक्षित मातृत्व हो।
८) ३० वर्ष भन्दा माथिका केही पनि स्वास्थ्य समस्या थाहा नभएका हरेक नागरिकले सरकारी स्वास्थ्य संस्थामा गई निःशुल्क रुपमा प्रदान गरिएस्को मूख्य मन्त्रि जनता स्वास्थ्य कार्यक्रम वा नसर्नेरोग सम्बन्धि सेवाहरु उपभोग गरौं।