तीन दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न

Date: 2025-07-27
news-banner
ललितपुर - महिलाको शक्ति, राष्ट्रको प्रगति" भन्ने मुल उदेश्य सहित राष्ट्र निर्माणका लागि महिला सशक्तिकरण केन्द्रको आयोजनामा, टेवा संस्थाको आर्थिक सहयोग र ललितपुर महानगरपालिका वडा नं.११ को समन्वयनमा सञ्चालित तीन दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम  भव्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम उद्घाटनको क्रममा सभा अध्यक्षको रूपमा श्री गंगा मगराती रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा ललितपुर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष श्री अरोज कुमार खड्गीको  उपस्थित रहेको थियो।
कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूमध्ये वडा सदस्यहरू श्री आफुलु शाक्य, श्री सचिना परियार, श्री कृष्ण महर्जन, श्री जुवन तण्डुकार, श्रीचण्डी आर्दशसरल माद्यामिक बिद्यालयका  प्रधानाध्यापक श्री कुलबहादुर नेपाली, तालिम प्रशिक्षक श्री गणेश बहादुर रावत, सहप्रशिक्षक श्री योगेश शर्मा तथा स्थानियबासी, समाजसेवी श्री नवीन महर्जनको उपस्थिति रहेको थियो।

उद्घाटन सत्रको औपचारिक उद्घाटन प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नं।११ का वडा अध्यक्ष अरोज कुमार खड्गीद्धारा पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रमको पहिलो सत्रमा ललितपुर महानगरपालिका वडा नं.११ का वडा अध्यक्ष अरोज कुमार खड्गीले आगामी दिनमा टेवा संस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संस्थाको तर्फबाट स्वागत मन्तव्य पुनम मल्लले प्रस्तुत गर्नुभएको थियो। त्यसतै  समाजसेवी  नवीन महर्जन, तालिम प्रशिक्षक गणेश बहादुर रावत, टोल संस्था प्रतिनिधि तथा जनप्रतिनिधि  कृष्ण महर्जन, शुभकामना मन्तव्य दिनुभएको थियो। अन्त्यमा, सभाध्यक्ष गंगा मगरातीले संस्थाको उद्देश्य, गतिविधि तथा भावी योजनाबारे जानकारी दिँदै उद्घाटन सत्रको समापन गर्नुभयो।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिमले महिलाहरूको क्षमता अभिवृद्धि  तथा नेतृत्व विकास गर्नुका साथै उनीहरूलाई सामाजिक तथा आर्थिक रूपमा सशक्त बनाउने उद्देश्य राखेको आयोजक संस्थाले जनाएको छ।

तालिम अवधिभर प्रशिक्षक गणेश बहादुर रावतले संस्था कसरी दिगो बनाउन सकिन्छ, दिगोपनाको लागि आवश्यक पूर्वाधार र नीति–नियमहरू के–के हुन भन्ने विषयमा संस्थाका बोर्ड सदस्यहरूलाई प्रशिक्षण दिनुभएको थियो। लैङ्गिक समावेशीकरणसम्बन्धी प्रशिक्षण भने सहप्रशिक्षक योगेश शर्माले दिनुभएको थियो।

सहभागीहरूले तालिम अत्यन्त सिकाइमुखी, व्यावहारिक र सशक्तीकरणमुखी रहेको प्रतिक्रिया दिएका थिए।

समापन सत्रमा संस्थाकी अध्यक्ष गंगा मगरातीले टेवा संस्थाको सहयोगमा सञ्चालन गरिएको यो पहिलो कार्यक्रम अत्यन्तै उपलब्धिमूलक भएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरू थप गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। संस्थालाई भविष्यमा एक ठूलो र सशक्त संस्थाका रूपमा विकास गर्न सबैको सहकार्य र मेहनत आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष मगरातीले टेवा संस्था, तालिम प्रशिक्षकहरू, सहभागीहरू, वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, समाजसेवी तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गर्दै तालिमको समापन गर्नुभयो।


Leave Your Comments