ललितपुर – नेपाल इन्टरनेसनल कराँते क्योकुशिनकाई एशोसियसन एफआइकेकेका ब्रान्च चिफ केशव देशार सम्मानित भएका छन् ।
चन्द्रागिरी नगरपालिका १२ बलम्बुमा सोमबार एफआइकेकेको उप डोजो उद्घाटनका क्रममा उनी सम्मानित भएका हुन् । फूलकन्ट्याक कराँतेका क्षेत्रमा विशिष्ट योगदान दिएवापत उपडोजोले उनलाई सम्मान गरेको हो । ब्रान्च चिफ देशार बाग्मती प्रदेशको नेपाल पूmलकन्ट्याक कराँते तर्दथ समितीका अध्यक्ष पनि रहेका छन् । सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद अन्र्तगत नेपाल फूलकन्ट्याक कराँतेका मुख्य प्रशिक्षक तथा नेपाल एफआइकेकेका केन्द्रिय अध्यक्ष रमेश पहारीलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा एफआइकेकेका कोषाध्यक्ष शारदा थिङसहित अन्य खेलाडीहरु सुनिल आचार्य , विकास श्रेष्ठ, सम्झना श्रेष्ठ, समिर दुधराज, राजकुमार नगरकोटी लगायतको उपस्थिती थियो ।