नागदहमा नागपञ्चमी मेला भव्यरुपमा सम्पन्न

Date: 2025-07-29
news-banner
ललितपुर - हरेक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइने नागपञ्चमी पर्वको अवसरमा मङ्गलबार ललितपुर महानगरपालिका २४ धापाखेलमा रहेको नागदहमा  नागपञ्चमी मेला भव्यरुपमा सम्पन्न भएको छ । 

नागपञ्चमीको दिन बिहान ३ बजेदेखी नै उक्त स्थानमा नाग देवताको दर्शन गर्न दर्शनार्थीहरुको घुँइचो लागेको थियो । नागदहमा  वासुकी नागको बासस्थान रहेको मानिन्छ । मेला व्यवस्थापन समितिका संयोजक समेत रहेका  ललितपुर २४ का वडाध्यक्ष दिनेश जङ पाण्डेले यस वर्ष ४० हजार  बढीले नागदहको दर्शन गरेको बताएका छन् ।
 नगदह मेलाको अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ लगायतका अन्य कर्मचारीहरु, ललितपुरकि सांसद डा. तोशिम कार्की , वडाध्यक्षहरु लगायतले समेत नागदहमा रहेको नाग देवताको मन्दिरको दर्शन गरेका थिए । नागदहको दर्शन गरि पुजाआजामा सहभागी भएका ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले नगदहले पर्यटन विकासको अथाह सम्भावना बोकेको भन्दै यस  क्षेत्रको विकासका लागि महानगरले धेरै योजना सहितक कामहरु अघि बढाएको बताए ।
 

Leave Your Comments