हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। काठमाडौं उपत्यकामा समेत बिहानैदेखि वर्षा जारी छ।दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहने महाशाखाको अनुमान छ।
सुदूरपश्चिमका पहाडी क्षेत्रहरू, लुम्बिनी प्रदेशको तराई र मधेश प्रदेशसहित तराईका अन्य भागहरूमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समय पनि अधिकांश पहाडी भू–भागमा सामान्य बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। मधेश, सुदूरपश्चिम र अन्य पहाडी भू–भागमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।