ललितपुर - वर्षौंदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको दस महाविद्या पूजा यस वर्ष पनि ललितपुर महानगरपालिका–१२ स्थित ढंगल टोलको प्राङ्गणबाट सुरु हुने भएको छ । यस भव्य पूजालाई सफल बनाउन सहभागी स्वयंसेवक तथा आयोजकहरूलाई आज (शुक्रबार) एक विशेष कार्यक्रममार्फत टिसर्ट वितरण गरिएको छ ।
टिसर्ट वितरण कार्यक्रम ललितपुर महानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष नारायण लाल अवालेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममार्फत अध्यक्ष अवालेले दस महाविद्या पूजाले स्थानीय सांस्कृतिक परम्पराको संरक्षण तथा समुदायबीच एकताको सन्देश फैलाउने बताए ।यस अवसरमा स्वयंसेवक तथा आयोजकहरूले एकै प्रकारको पोशाक प्रयोग गर्न पाउने भएकाले पूजामा अनुशासन, पहिचान र व्यवस्थापनलाई अझ सुदृढ गर्ने अपेक्षा राखिएको छ ।