प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
सोमबार जेनजीले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएपछि आज बिहानैबाट देशभर आन्दोलन चर्किएको छ।ओलीको निजी निवास बालकोट, कांग्रस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आगजनी भएको छ भने कांग्रेस र एमालेको केन्द्रीय कार्यालयमा पनि प्रदर्शनकारीले आगो लगाएका छन् ।
स्थिति सरकारको नियन्त्रणभन्दा बाहिर गएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।