जियाना जलपरि नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगितामा सहभागी हुँदै

Date: 2025-10-30
news-banner
ललितपुर - नेपालगन्ज स्विमिङ क्लब, बाँकेले दोस्रो राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्न लागेको छ। उक्त प्रतियोगितामा ललितपुर महानगरपालिका वडा नं. ११ की ८ वर्षीया जियाना महर्जन सहभागी हुने भएकी छन्।यस अवसरमा ललितपुर महानगरपालिका वडा नं. ११ कार्यालयले वडाको लोगो अंकित प्रतीकचिन्ह प्रदान गर्दै जिनालाई प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गरेको छ।

नेपालकै सबैभन्दा कान्छी “जल परि” हुन्। उनी सानै उमेरदेखि खेलकुदमा रुचि राख्दै विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन्।
पाटन ढोका तननी बसोबास गर्ने मनोज महर्जन र सरिता अवालेको सुपुत्री जेनिया महर्जन राष्ट्रिय स्तरको पौडी प्रतियोगितामा देशभरका ८ वर्षदेखि खुला उमेर समूहसम्मका खेलाडीहरूले ५६ विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा दुई सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिता विशेषगरी विद्यालयहरूलाई लक्षित गर्दै आयोजना गरिएको छ। यसमा ८, १०, १२, १४, १७ वर्षका उमेर समूहसँगै खुला उमेर समूहबीच प्रतिस्पर्धा हुनेछन्। कुनै पनि संघ–संस्था वा क्लबले संस्थागत रूपमा पनि प्रतियोगितामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

इभेन्टको विवरण:
अन्डर–८ उमेर समूह: २५ मिटर दूरी
अन्डर–१० उमेर समूह: ५० मिटर दूरी
अन्डर–१२ र अन्डर–१४ उमेर समूह: ५० र १०० मिटर दूरी
खुला उमेर समूह: २०० र ४०० मिटर दूरी
कुल मिलाएर ५६ इभेन्ट आयोजना गरिनेछ, जसले देशभरका युवा पौडी खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नेछ। नेपालगन्ज स्विमिङ क्लबले प्रतियोगितामार्फत देशभरका खेलाडीहरूलाई नयाँ प्रतिभा प्रकट गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

तस्वीर 

Leave Your Comments