उनीहरु बिहीबार दिउँसो विराटनगर महानगरपालिका–४ नोबेल अस्पतालनजिकबाट पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले सुनसरीको हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलमलाई पक्राउ गरेको हो। मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालले हबिबको साथबाट १ सय ३१ ग्राम खैरो हेरोइन बरामद भएको जानकारी दिइन्। उनका अनुसार प्रहरी पुग्दा दुवै जना सडक छेउमा मोटरसाइकल रोकेर शंकास्पद अवस्थामा गफ गरिरहेका थिए। पक्राउ परेकामध्ये हबिबले प्रयोग गरेको को २७ प ६४८१ र आलमले प्रयोग गरेको बीआर १९ वाई ९५३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।