भोलि काठमाडौंका पाँच स्थानमा सरकारले ग्यास बिक्री गर्ने, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिर्वाय

Date: 2026-08-14
news-banner
खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्ताका लागि राहतको खबर आएको छ ।

नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा काठमाडौंका विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ ।निगमका अनुसार भोलि २०८३ साउन ३१ गते शनिबारदेखि तोकिएका स्थानहरुबाट सम्बन्धित ब्राण्डका ग्यास सिलिन्डरहरू वितरण गरिनेछ ।

जसअनुसार निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेष्ट÷सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्राण्डको ग्यास बिक्री गरिनेछ ।

त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्राण्डको ग्यास उपलब्ध हुनेछ ।

राजास्वामी किर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ब्राण्डको ग्यास पाइनेछ । भने बसुन्धराको राजास्वामी परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम र भानुक ओम् ब्राण्डको ग्यास वितरण गरिनेछ ।

बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट पनि नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्राण्डको ग्यास बिक्री गरिने निगमले जनाएको छ ।

ग्यास आवश्यकता भएका उपभोक्ताहरूले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म तोकिएको स्थानमा उपस्थित भई ग्यास खरिद गर्न सक्नेछन् ।

Leave Your Comments