धापाखेलमा पहिरोले साढे २ तले घर ढल्यो

Date: 2026-09-28
news-banner
ललितपुर । ललितपुर महानगरपालिका–२४, धापाखेलमा पहिरोका कारण साढे २ तले घर ढलेको छ।

सोमबार बिहान स्थानीय सोवितकुमार थापाको घर पहिरोका कारण ढलेको हो। लगातारको वर्षाका कारण जमिन गलेपछि घरभन्दा तलबाट पहिरो गएर घर ढलेको बताइएको छ।जोखिमको आकलन गरी घरमा बस्दै आएको परिवारलाई एक दिनअघि नै सुरक्षित स्थानमा सारिएको थियो। त्यसैले घटनामा कुनै मानवीय क्षति भएको छैन।

असोज ९ गतेदेखि लगातार परेको वर्षाका कारण जमिन गलेर पहिरो गएको जनाइएको छ। आइतबार साँझदेखि भने वर्षा रोकिएको छ।




Leave Your Comments