नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले छलफल थालेका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्याकक्षमा कांग्रेस र एमालेका नेताहरुबिच छलफल चलिरहेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट विश्वासको मत नपाएर पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेपछि कांग्रेस र एमालेबिच नयाँ सरकार गठनका लागि संवाद जारी छ ।एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि असार १७ मै कांग्रेस र एमालेबिच सहमति भएको थियो ।