राष्ट्रिय महिला भलिवल टोलिलाई मानव सेवा फाउण्डेसनले गर्याे नगद सहित सम्मान

Date: 2024-08-14
news-banner
अर्चना झा रासस 

 ललितपुर ३० साउन: काभा महिला भलिबल नेसन्स लिगको उपविजेता बनेको नेपाली टोलीलाई मानव सेवा फाउण्डेसनले नगदसहित सम्मान गरेको छ । सोमबार मानव सेवा फाउण्डेसनको आयोजनामा सञ्चालन भइरहेको ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा खेलाडीलाई आमन्त्रण गर्दै सम्मान गरेको हो । 
   मानव सेवा फाउण्डेसनले प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजरलाई नगदसहित सम्मान तथा अभिनन्दन गरेको हो ।
खेलाडीहरुलाई नगद रु ५ लाख ५१ हजार सहित खेलाडीलाई सम्मान तथा अभिनन्दन गरिएको महायज्ञका संकल्पकर्ता तथा फाउण्डेसनका अध्यक्ष  वालयोगेश्वर विजय कृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन ।  फाउण्डेसनले नेपाली टिमकी क्याप्टेन अरुणा शाहीसहित खेलाडीहरु निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ ।

 त्यस्तै, व्यवस्थापक निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादवलाई पनि सम्मान गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्ड हलमा बुधवार भएको खेलको फाइनलमा आयोजक नेपाललाई पराजित गर्दै भारतले उपाधि जितेको थियो ।

Leave Your Comments