महर्षी दिपक प्रतिस्ठानको आयोजनामा हुँदै आएको हरेक बर्षको श्रावण महिनाको सोमबार हुने एम्बुलेन्स सहितको निशुल्क स्वास्थ शिबिर कार्यक्रम सम्म्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथी पर्यटन व्यसायी श्री प्रशान्त उप्रेती तथा नेपाली काँग्रेसका नेता दिपेन पाठकले सम्बोधन गरनुभएको थियो।श्रावण महिनाभरी करिब ३००० जनालाई स्वास्थ्य शिविरको सुबिधा दिएको कार्यक्रमका कोर्डिनेटर आशिष डाँगीले बताउनुभयो।
कार्यक्रममा महर्षी दिपक प्रतिस्ठानले समाजसेवी प्रशान्त उप्रेती ,काजिमान गुरुङ र सरीता सुनारलाई सम्मान गरेको थियो।उक्त कार्यक्रममा ५० जना स्वास्थ्य स्यमसेबहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो। उक्त कार्यक्रमको सभापती महर्षी दिपक प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत ई सुबास पौडेलले गर्नुभएको थियो ।