देशको व्यापारघाटा साढे १० खर्ब

Date: 2024-04-22
news-banner
चालू आर्थिक वर्ष (२०८०/०८१) को चैत मसान्तसम्म (९ महिनामा) कूल १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार विभागले जनाएको छ।

गत वर्षमा १३ खर्ब १९ अर्ब ७८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। जसअनुसार गत वर्षको तुलनामा यो वर्ष वैदेशिक व्यापार ३८ करोड रुपैयाँ बराबर अर्थात् ३ प्रतिशतले गिरावट आएको विभागको तथ्यांकले देखाएको छ।चालू वर्षको ९ महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ।जसअनुसार देशको व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ नाघेको विभागले जनाएको छ।चालू वर्ष आयातमा करिब ३ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ४ प्रतिशले गिरावट आएको छ।यस्तै गत वर्ष देशको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ बराबर रहेको थियो।

 चालू वर्षमा आयात निर्यात दुवैमा आएको गिरावटसँगै देशको व्यापार घाटामा २.७५ प्रतिशतले कमी आएको छ।

Leave Your Comments