ललितपुर, भदौ ११ । ललितपुर महानगरपालिका वडा नं। ५ श्री गणेश मन्दिर उपभोक्ता समितिको आयोजनामा हरित पार्क दामोदर मार्गस्थित श्री गणेश मन्दिरको वार्षिक उत्सव कार्यक्रम आज भव्यताका साथ सम्पन्न गरिएको छ।
गणेश चतुर्थीको अवसरमा बिहान विशेष पूजाआजा गरी शुभारम्भ गरिएको यस उत्सवमा बेलुकी तर्फ विविध सांस्कृतिक तथा समयबद्ध कार्यक्रमहरू आयोजना गरिएका थिए।कार्यक्रममा ललितपुर महानगरपालिकाकी उप–प्रमुख मञ्जलि शाक्य बज्राचार्य, उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका सचिव ज्ञानेन्द्र श्रेष्ठ, ललितपुर महानगरपालिका वडा नं। १३ का वडा अध्यक्ष गणेश के।सी।, वडा नं। ५ का जनप्रतिनिधि लगायतको विशेष उपस्थिती रहेको थियो।
श्री गणेश मन्दिर उपभोक्ता समितिको अनुसार, यस प्रकारका कार्यक्रमहरूले धार्मिक आस्था, सांस्कृतिक संरक्षण र सामाजिक एकता प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।