इन्द्रजात्रा अवसरमा सिद्धिविनायक मन्दिरमा विशेष पूजा–आराधना र समयबजी वितरण

Date: 2025-09-06
news-banner
ललितपुर, भदौ २१ – “हाम्रो संस्कृति, हाम्रो सम्पदा, हामी रक्षा गर्छौं” भन्ने उदेश्यलाई आत्मसात् गर्दै ललितपुर महानगरपालिका वडा नं. ५, लगनखेलस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको श्री सिद्धिविनायक मन्दिरमा यस वर्ष पनि इन्द्रजात्राको अवसरमा विशेष पूजा आराधना गर्नुको साथै समयबजी वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
श्री सिद्धिविनायक मन्दिर संरक्षण तथा सुधार समितिको पहलमा आयोजित उक्त कार्यक्रममा ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समिति र वडा नं.५ को सक्रिय सहयोग रहेको थियो। कार्यक्रममा मन्दिर परिसरमा पूजाआजा गरी सहभागीहरूलाई समयबजी वितरण गरिएको थियो।  

कार्यक्रमले इन्द्रजात्राको उल्लासमय वातावरणलाई थप उत्साहपूर्ण बनाएको मात्र होइन, समुदायभित्र सामाजिक एकता, सहकार्य र सांस्कृतिक चेतनालाई समेत दृढ बनाएको छ। 
कार्यक्रममा वडा नं.५ का वडाबासीहरू, सुरक्षाकर्मी, स्थानीय अगुवा, सामाजिक व्यक्तित्व तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। 

Leave Your Comments