गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।आजको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
नेपाली कांग्रेसको बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा गृहमन्त्रीको राजीनाकाको विषय उठेको थियो । कांग्रेस नेताहरूले घटनाको जिम्मेवारी लिँदै राजीनामा दिनुपर्छ भनेपछि गृहमन्त्री लेखक राजीनामा दिने मनस्थितिमा पुगेका थिए ।
ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए । बैठकको निष्कर्षपछि गृहमन्त्रीले राजीनामा दिने तयारी पुगेका थिए । कांग्रेसको बैठक सकेर मन्त्रिपरिषदको बैठकमा सहभागी हुन बालुवाटार पुगेका लेखेकले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।
जेन जीले काठमाडौंसहित देशका विभिन्न शहरमा गरेको प्रदर्शनका क्रममा अहिलेसम्म २० जनाको ज्यान गएको छ ।