ललितपुर वडा नं. ५ मा हाजिरजवाफ प्रतियोगिता: २९ वडाका बाल क्लबबीच प्रतिस्पर्धा

Date: 2026-04-25
news-banner
ललितपुर - ललितपुर महानगरपालिकामा वडास्तरीय बाल क्लबहरूको सहभागितामा सञ्चालन हुँदै आएको रनिङ्ग शिल्ड हाजिरजवाफ प्रतियोगिता यस वर्ष चौथो संस्करणका रूपमा आयोजना हुने भएको छ। उक्त प्रतियोगिता ललितपुर महानगरपालिका वडा नं. ५ मा वैशाख १८ र १९ गते क्याम्पेन स्कुलमा सम्पन्न हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको पूर्वतयारी अन्तर्गत आज समूह विभाजन (ट्राइसिड) कार्यक्रम सम्पन्न गरिएको छ। जसअनुसार सहभागी वडाहरूलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘क’ अन्तर्गत वडा नं. ३, १४, २९, २३, ६, २५, १ र २७ रहेका छन् भने समूह ‘ख’ मा वडा नं. १९, ९, ८, २, २८, २२ र २० समावेश छन्। त्यसैगरी समूह ‘ग’ मा वडा नं. २१, १६, १५, ४, १८, २४ र १२ रहेका छन् भने समूह ‘घ’ अन्तर्गत वडा नं. १०, ११, १३, १७, ७, ५ र २६ सहभागी हुनेछन्।


आयोजकका अनुसार हाजिरजवाफ प्रतियोगिता विद्यार्थीहरूको ज्ञान, तर्कशक्ति तथा आत्मविश्वास अभिवृद्धि गर्ने प्रभावकारी माध्यम हो। यस्ता प्रतिस्पर्धाले सहभागीहरूमा सामान्य ज्ञान वृद्धि गर्नुका साथै छिटो सोच्ने क्षमता विकास गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई रनिङ्ग शिल्ड प्रदान गरिनेछ। साथै, कार्यक्रमले बाल क्लबहरूबीच सहकार्य, समन्वय र स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Leave Your Comments