उत्कृष्ट महिला समूह छनोटमा वडा नं. ५ का दुई महिला समूह सफल

Date: 2026-06-04
news-banner
ललितपुर - ललितपुर महानगरपालिकाद्वारा आयोजित महिला समूहहरूको उत्पादन प्रदर्शनी तथा मूल्याङ्कन कार्यक्रममा विभिन्न महिला समूहहरू उत्कृष्ट घोषित भएका छन्। कार्यक्रममा सहभागी समूहहरूको उत्पादनको गुणस्तर, प्रस्तुतीकरण, नवप्रवर्तन तथा व्यवस्थापनका आधारमा मूल्याङ्कन गरी प्रथम, द्वितीय र तृतीय स्थान निर्धारण गरिएको थियो।

प्रथम पटक सहभागी समूहहरूमध्ये हरिसिद्धि वडा नं. २८ को नेवा मिसा पुचः, ट्यागल वडा नं. १७ को कलश माँ पुचः, ऐरावत टोल वडा नं. २३ को संगम महिला समूह, दक्षिणकाली मार्ग वडा नं. ५ को दक्षिणकाली महिला समूह तथा हरिसिद्धि वडा नं. २८ को कनिख्य मिसा पुचः उत्कृष्ट सूचीमा परेका छन्।

त्यसैगरी दोस्रो पटक सहभागी समूहहरूमध्ये कानिबहाल वडा नं. ६ को ज्याठा मिसा पुचः, टिक्हेदेवल वडा नं. १४ को सामुदायिक महिला उद्यमी समूह तथा थसिखेल वडा नं. ५ को थसिखेल महिला समूह छनोट भएका छन्।तेस्रो पटक सहभागी समूहहरूमध्ये अलुको टोल वडा नं. ११ को दथुल: महिला बचत तथा ऋण समूह र सानेपा वडा नं. २ को साहसी महिला समूह उत्कृष्ट घोषित भएका छन्।

यसैबीच, कानिबहाल वडा नं. ६ स्थित कानिबहाल जागृति महिला समूह लाई सर्वोत्कृष्ट महिला समूह को सम्मान प्रदान गरिएको छ।
महिला समूहहरूले स्थानीय स्रोत, सीप तथा 


Leave Your Comments