लायन्स क्लब ललितपुर ईलाईट र ईलाईट परिवारको संयुक्त रुपमा निःशुल्क मुटु , मस्तिष्क ,नशा परिक्षण गर्नुको साथ साथै रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शनिवारको दिन देव ननी, सिद्दिपुर , ईमाडोल वडा नं.६ को प्रण्गनमा निःशुल्क मुटु , मस्तिष्क र नशा रोग परिक्षण गरिएको थियो । उक्त कार्यक्रममा १४६ जना नागरिकले नि:शुल्क ई.सि.जि., ब्लड सुगर , ब्लड प्रेस्सर परिक्षण गर्नुको साथै कार्डियो र न्युरो परामर्श पनि लिएका थिए ।
चिकित्सकको सिफारिसमा बिरामीलाई औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।त्यस्तै १७ जनाले रक्तदान पनि गरेका थिए ।
निः शुल्क स्वास्थ्य शिविर बिहान १० देखि दिउँसो ३ बजेसम्म संचालन भएको थियो ।
लायन्स क्लब ललितपुर ईलाईटले नागरिकको स्वास्थ्यलाई मध्य नजर गरि विभिन्न संघसंस्थासँग सहकार्य गरि स्वास्थ शिविरहरु संचालन गर्दै आई रहेको छ ।