पाटन अस्पताल अगाडिको श्री राम औषधी पसल सिल

Date: 2024-07-10
news-banner
औषधी व्यवस्था विभागले ललितपुरको लगनखेल स्थित पाटन अस्पताल अगाडि रहेको श्री राम औषधी पसल सिल गरेको छ।
ललितपुर गोदावरी नगरपालिका वडा नं.१२ ठेचोमा बस्दै आएका लक्ष्मण महर्जनले सञ्चालन गरेको उक्त पसलमा अनुसन्धानको क्रममा विभागमा दर्ता नभएका औषधिहरु बेचबिखन गरेको पाएको भन्दै विभागले उक्त पसल सिल गरेको हो । 

पाटन अस्पतालमा उपचाररत शंखमुलकी बिरामी छन्। २०७९ कात्तिकमा उनको घाँटीमा क्यान्सर देखिएको थियो। उनी किमो गर्न पाटन अस्पताल जाने गरेकी थिइन्। पाटन अस्पतालमा किमो थेरापीको औषधि महंगो भएपछि उनले अस्पताल बाहिर रहेको ‍औषधी किन्न थालेकी थिइन्।अस्पताल भित्र किनेको औषधिले स्वास्थ्यमा सुधार भए पनि उक्त पसलको औषधिले सुधार नदेखिएपछि शंका लागेको ती बिरामीले बताइन्। शंका लागेर विभागलाई खबर पुगेपछि फार्मेसी अधिकृतसहितको टोलीले पसलमा अनुगमन गरेको थियो ।

अनुगमन गर्न पुगेका राष्ट्रिय  उपभोक्ता मञ्ज ललितपुर  जिल्लाका  अध्यक्ष  धुर्व लाल तन्धुकारको अनुसार  अनुगमन गर्दा औषधि व्यस्थापन विभागमा दर्ता नभएका धेरै प्रकारको औषधि  बिक्रीवितरण गरेको पाएको हुँदा अनुसन्धानको लागि विभागले पक्राउ पुजिको जारी गरि ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलमा थुनामा राखिएको जानकारी दिए। 

 औषधिको उत्पादक आयात गर्ने कम्पनीसँग बुझ्दा विभागले बरामद गरेको औषधि आयात नगरेको भन्ने जबाफ पाएको र  शंकास्पद औषधि भेटिएको हुँदा पसल बन्द गरिदिएको हो ।

Leave Your Comments