ललितपुर महानगरपालिकालाई बेलायतले नेपाललाई उपहारस्वरुप दिएको १०६ वर्ष पुरानो दमकल पुनःसञ्चालनमा ल्याएको छ । आइतबार ललितपुरको पूल्चोकस्थीत दमकल कार्यालयमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले उक्त दमकल पुनःसञ्चालनमा ल्याएको हो।
आइतवार नकर्मीले मेयर चिरिवाबु महर्जनलाई दमकलको चावि हस्तान्तर गरी आफुले मर्मतसम्भार गरेको दमकल चलाएर ललितपुर , काठमाडौ , भक्तपुर परिक्रमा गराउन निस्किएका छन्। इन्जिनियर तथा मिस्त्री मोहनप्रसाद नकर्मीले १० महिना लगाएर दमकल मर्मत गरेका थिए ।
ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।दमकलको चक्काहरु छन् कहिले पनि पञ्चड नहुँने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले बताए ।
बेलायतीले बेलायतीले वि. सं. १९१८सालमा काठमाडौं, भक्तपुर र ललितपुरलाई एक–एक दमकल उपहार दिएको थियो ।सालमा काठमाडौं, भक्तपुर र ललितपुरलाई एक–एक दमकल उपहार दिएको थियो ।
ललितपुरमा पुगेको दमकल पछिल्लो ४० वर्षदेखि बिग्रीएर थन्किएको थियो ।बेलायत तथा अमेरिकाबाट पार्टपुर्जा ल्याएर दमकल मर्मत गरिएको हो । डेनिस कम्पनीको सो दमकल अब नियमित प्रयोगमा आउने छ । यो सँगै महानगरमा दमकलको संख्या ७ पुगेको छ ।
२०४२ साल पछि बिग्रिएर थन्किएको उक्त दमकलको मर्मतपछि पुनःसञ्चालनमा ल्याइएको हो । करिव ८ बर्षअघि उक्त दमकल लिलामीका लागि राखिएको थियो । तर विभिन्न निकायको सुझाव पछि महानगरले उक्त दमकल लिलामीबाट रोकेको थियो ।
त्यसपछि मोहनप्रसाद नकर्मीले उक्त दमकम बनाउन सुरु गरेका थिए । नकर्मीले दमकललाई आवश्यक पर्ने सामानहरु विदेशबाट मगाएर मर्मत सम्पन्न भएको जानकारी दिए । उनले उक्त दमकलले नयाँ दमकलजस्तै काम गर्ने बताए ।
टाइमिङ गेयर र टाइमिङ चेन परिवर्तन गरेपछि उक्त दमकल सञ्चालनमा ल्याइएको ललितपुर महानगरले जानकारी दिएको छ ।