पाटनमा ५० विदेशी पर्यटकको स्वागत, सम्पदा क्षेत्रको अवलोकन

Date: 2026-11-01
news-banner
ललितपुर - ललितपुरको ऐतिहासिक तथा विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्क्वायरमा अमेरिका लगायत विभिन्न देशबाट आएका ५० जना विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन्।

पाटन दरबार क्षेत्रका ऐतिहासिक मन्दिर, प्राचीन दरबार, कलात्मक वास्तुकला, मूर्तिकला तथा नेवारी सभ्यता र संस्कृतिबारे जानकारी लिँदै विदेशी पर्यटकहरूले क्षेत्रको अवलोकन गरेका हुन् अवलोकन भ्रमणका क्रममा विदेशी पर्यटकहरूलाई ललितपुर महानगरपालिका उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक विकासमान श्रेष्ठले स्वागत गर्नुभएको थियो। स्वागत कार्यक्रममा समितिका सहसचिव ज्ञानेन्द्र श्रेष्ठ तथा समितिका सदस्य एवं वडा नं. ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यको उपस्थिति रहेको थियो।

विदेशी पाहुनाहरूलाई परम्परागत नेवारी बाजागाजासहित स्वागत गरिएको थियो। पाटन दरबार स्क्वायरको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक महत्वले विदेशी पर्यटकहरूलाई नेपालको मौलिक सम्पदासँग नजिकबाट परिचित गराएको थियो।

पाटन दरबार क्षेत्र नेपालको कला, संस्कृति, इतिहास र वास्तुकलाको अनुपम पहिचान बोकेको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।

तस्वीरहरु



Leave Your Comments