हरिसिद्धिमा असोज २८ देखि प्रथम जल कप ब्याडमिन्टन प्रतियोगिता हुने

Date: 2026-10-09
news-banner
ललितपुर - ललितपुरको हरिसिद्धिमा प्रथम जल कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। हरिसिद्धि ब्याडमिन्टन क्लबको आयोजनामा प्रतियोगिता यही असोज २८ देखि ३० गतेसम्म सञ्चालन हुने भएको हो।

आयोजकका अनुसार प्रतियोगितामा पुरुष डबल्स र भेट्रान्स डबल्स (९० प्लस) विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा प्रथम हुने खेलाडीले २० हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

विजेता खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी खेलाडीका लागि बिहानको चिया तथा खानाको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।प्रतियोगितामा राष्ट्रिय तथा राष्ट्रिय स्तरका खेलाडीलाई सहभागी हुन नपाउने व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुन दुई हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।

ललितपुर महानगरपालिका–२८, हरिसिद्धिस्थित हरिसिद्धि ब्याडमिन्टन क्लबमा सञ्चालन हुने प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।



Leave Your Comments