भारतीय प्रधानमन्त्री पोल्याण्ड र युक्रेनको भ्रमणमा

Date: 2024-08-23
news-banner

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले पोल्याण्ड र युक्रेनको भ्रमणमा रहनुभएको छ । उहाँ पोल्याण्डको भ्रमण पूरा गरेर शुक्रबार युक्रेन जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । युक्रेन पुग्न मोदीले १० घण्टा लामो रेल यात्रा गर्नुहुनेछ ।

सन् १९९२ मा भारत र युक्रेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण हुनेछ । रुससँग चलिरहेको युक्रेन युद्धकाबीच सारा विश्वको नजर प्रधानमन्त्रीको यो भ्रमणमा छ ।यसैबीच, संयुक्त राष्ट्र प्रमुखले प्रधानमन्त्री मोदीको युक्रेन भ्रमणले युद्ध अन्त्य गर्न मद्दत गर्ने आशा व्यक्त गर्नुभएको  छ ।भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेर युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि पनि छलफल गर्ने बताइएको छ । झण्डै तीन दशकअघि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो युक्रेन भ्रमण हो ।

अमेरिकाले प्रधानमन्त्री मोदीको युक्रेन भ्रमणलाई महत्वपूर्ण रहेको बताएको छ । 


Leave Your Comments