नेपाल सरकारले सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै तय गरेको छ। यसअघिको समय लामो भएको गुनासो बढेपछि कर्मचारीको लागि अब आधा घण्टामात्रै खाजाको समय तय गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १:३० देखि २ बजेसम्म कायम गरिएको छ।
कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्नलाई अनुरोध गरिएको छ।