बाढीले क्षतिग्रस्त बनाएको सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल तिहार अघिसम्म निर्माण हुने भएको छ ।
खुर्कोट-मन्थली वारपार गर्न सुनकोशी नदीमाथि पक्की पुल र बेली ब्रिज सञ्चालनमा थिए । तर, ११ र १२ असोजमा सुनकोशी नदीमा आएको बाढीले बेली ब्रिज बगाउनुका साथै पक्की पुलमा समेत क्षति पुर्याएको छ । त्यसपछि अहिले खुर्कोट-मन्थली यातायात ठप्प छ । पैदल यात्रीहरु समेत बाढीले जिर्ण बनाएको झोलुंगे पुलमा जोखिम मोलेर वारवार गर्दै आएका छन् ।खुर्कोट-मन्थली पुलमा क्षति पुगेपछि अहिले स्थानीयहरु जोखिम मोलेर सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप नगरपालिका-९ मा जोडिएको क्षतिग्रस्त झोलुंगे पुलमा जोखिम मोलेर वारपार गर्दै छन् ।
सकेसम्म तिहारअघिसम्म सञ्चालनमा ल्याउने गरी काम सुरु गर्ने तयारी रहेको छ । तर, सञ्चालनमा ल्याउन सकिने/नसकिने अहिले यकिन गर्न मिल्ने अवस्था नरहेको छ ।