गत असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड आजदेखि राति १० घण्टा बन्द हुने भएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले सूचना नै प्रकाशित गरेर आज बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।उक्त सडकखण्डमा नयाँ ट्र्याक खोलेर साना सवारी साधन सञ्चालन गरिए पनि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको हो।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, सडक डिभिजन खाल्टेले बुधबार सूचना निकालेर साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द रहने उल्लेख गरेको छ।
बिपी राजमार्गको नेपालथोक-बर्खेखोला सडक करिब ४ किमी बाढीले पूर्ण रूपमा बगाएको थियो।