बाँकेकी निर्मला कुर्मीलाई न्याय दिनुपर्ने माग गर्दै ६९ दिनदेखि आन्दोलनरत रूबि खानसहित पाँच जना महिलाहरूलाई बुधबार पनि प्रहरीले पक्राउ गरेको छ ।
विगतमा पनि पटक(पटक धर्ना र संघर्षपूर्ण आन्दोलनका कार्यक्रमहरू गर्दै आएका उनीहरूसँग कुर्मीलाई न्याय दिलाउने भन्दै सरकारले सहमति गरेको थियो । तर उक्त मुद्दा अदालतमा पठाउनुको सट्टा सो मुद्दाका मुख्य अभियुक्तलाई नै लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनाइएको भन्दै महिलाहरूले पुनस् धर्ना दिँदै आएका छन्।माइतीघरमा धर्नारत उनीहरूलाई बुधबार माइतीघरबाट सिंहदरबारतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले पक्राउ गरेको हो । दुई महिनासम्म धर्ना बस्दा पनि सरकारले आफूहरूको आवाजलाई नसुनेको भन्दै उनीहरूले बुधबार सिंहदरबार घेर्ने कार्यक्रम राखेका थिए । त्यसक्रममा आन्दोलनरत पाँचै जना महिलाहरूलाई प्रहरीले पक्राउ गरेर सिंहदरबार वृत्तमा राखेको छ । उनीहरूलाई प्रहरीले मंगलबार साँझ बालुवाटारबाट पक्राउ गरेको थियो ।
निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका कारण उहाँहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।