मदनलाई सम्झिँदै भावुक बनिन् पूर्वराष्ट्रपति भण्डारी

Date: 2024-04-22
news-banner
पूर्वराष्ट्रपति एवं पार्टीका तत्कालीन उपाध्यक्ष विद्या भण्डारी स्वर्गीय पति मदन भण्डारीलाई सम्झिदै भावुक बनेकी छन् ।

मंगलवार नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै गर्दा भण्डारी भावुक भएकी हुन् ।मदनले नेपालको कम्युनिष्ट आन्दोलनमा निभाएको भूमिका लगायतका विषयमा बोल्दै गर्दा भण्डारी भक्कानिएकी थिइन् । उनलाई एमालेले ‘गणतन्त्र गौरव’ सम्मानबाट सम्मान गरेको छ । सो क्रममा उनले भण्डारीले कम्युनिष्ट आन्दोलनको गहन समीक्षा गर्नुपर्ने बताएकी छन्।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत प्रमुख दलका नेताहरुको उपस्थिति रहेको थियो ।

Leave Your Comments