कार्तिक कृष्ण त्रयोदशीदेखि लाग्ने यमपञ्चक मंगलबार नै शुरु हुँदैछ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान ११ बजेर १ मिनेटसम्म द्वादशी तिथि रही त्यसपछि त्रयोदशी लाग्ने भएकाले यमपञ्चक मंगलबार नै शुरु हुन लागेको हो।
तिहारको पहिलो दिन काग तिहार मनाइन्छ। यो दिन बिहान कागको पूजा गर्ने र खानेकुरा खानदिने परम्परा छ। त्रयोदशीकै साँझ यमदीपदान गर्ने परम्परा छ।यी दुवै कर्म बुधबार नै गर्नुपर्ने समितिले जनाएको छ।त्रयोदशीकै दिन आयुर्वेदका प्रवर्तक धनवन्तरि जयन्ती पनि मनाइन्छ।
धनवन्तरि जयन्ती बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ ।