काठमाडौं महानगरले तोक्यो फूल बेच्‍न ४६ स्थान, प्लाष्टिकका फूल प्रतिबन्ध

Date: 2024-10-29
news-banner
काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूल बिक्री गर्न ४६ स्थान तोकेको छ। तिहारमा स्वदेशी फूल उत्पादन किसानलाई प्रोत्साहन गर्न फूल बिक्री वितरण केन्द्रको व्यवस्था गरिएको महानगरले जनाएको हो।।

महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री गर्न निषेध गरिएको बताएका छन्। फूल बिक्रेता किसानहरूलाई सहज बनाउन मल,मार्ट पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको उनले  जानकारी दिए। महानगरले गत वर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप,तीनकुने चउर, हाँडी गाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्न स्थान मिलाएको मिलाएको थियो।'काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली,नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ ।


मेयर साहले आफूलाई पायक पर्ने स्थान छनोट गरी फूल बिक्री गर्न आग्रह समेत गरेका छन्। यसका लागि महानगर प्रहरीले सहजीकरण गर्ने उनको भनाइ छ।  कसैले लुकिछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने महानगरले जनाएको छ।

फूल बिक्री गर्न तोकेका स्थानहरू

१) आरती पार्टी प्यालेस, माछा पोखरी
२) बुद्ध मल, माछा पोखरी
३) बालाजु भाटभटेनी, माछा पोखरी,
४) भ्याली कोल्ड स्टोर, बालाजु
५) सामुदायिक भवन, बालाजु
६) धर्म चक्र पार्क, स्वयम्भू
७) स्वयम्भू मार्ट
८) भाटभटेनी, कलंकी
९) कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०) एस. एन. एस., कलंकी
११) एन. बि. टि. सि., कलंकी
१२) नेपा व्याङ्क्वेट, खुशिँवु
१३) बिग मार्ट, कालधारा, पकनाजोल
१४) साल्ट ट्र्रेडिङ   कर्पोरेसन, कालीमाटी
१५) काठमाडौँ मल, सुन्धारा
१६) सिभिल मल, सुन्धारा
१७) सिटिसि मल, सुन्धारा
१८) रञ्जना मल, नयाँ सडक
१९) विग मार्ट कम्प्लेक्स, अनामनगर
२०) एटि कम्प्लेक्स, न्यू प्लाजा
२१) भाटभटेनी, अनामनगर
२२) आइटी प्लाजा, कमलादी
२३) संकटा चोक, टेवहाल
२४) के. एल. टावर, चाबहिल
२५) वि एन्ड एसएम, बौद्ध
२६) भर्गो जापान, शंखमुल
२७) आइप्लेक्स, बानेश्वर
२८) एनबि सेन्टर, नयाँ बानेश्वर
२९) फोनिक्स टावर, बत्तीसपुतली
३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१) बिगमार्ट, शंखमुल
३२) बिबिएसएम, कोटेश्वर
३३) सिफल चौर, सिफल
३४) केटिएम पार्टी प्यालेस,
३५) निराकल कम्प्लेक्स, शंखमुल
३६) एसि कम्प्लेक्स, चाबहिल
३७) भाटभटेनी, कोटेश्वर
३८) भाटभटेनी, नक्साल
३९) विग मार्ग, बालुवाटार
४०) सेल्स बेरी, महाराजगञ्ज
४१) भाटभटेनी, महाराजगञ्ज
४२) कोइराला मार्ट, सामाखुशी
४३) विग मार्ट, सामाखुशी
४४) सिटी सेन्टर, कमलपोखरी
४५) ल्होत्से मल, बालाजु
४६) सासा ब्याङकेट सोह्र खुट्टे

Leave Your Comments