ललितपुर - उद्योग वाणिज्य संघले स्थानीय उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । ललितपुर उद्योग वाणिज्य संघले व्यवसायको हक हितको लागि विभिन्न कार्यहरू गर्दै आएको हुँदा स्वदेशमा उत्पादित भएका वस्तुहरुको विदेशसम्म बजारीकरण कसरी गर्न सकिन्छ भने मुख्य उदेश्यका साथ बेलजियमको एमएम अन्तर्राष्ट्रिय उत्पादन आयात र निर्यातका सिईओ रजनी प्रधानसँग अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्व राज बज्राचार्यले आफुले उत्पादन गरेको सामान कसरी बजारसम्म पुर्याउन सकिन भनेर हेर्न आवश्यक रहेको बताउँनुभयो ।धेरै जस्तो व्यक्तिहरुले बजारलाई मध्येनजर नगरी विभिन्न सामाग्रीहरु उत्पादन गर्दै आएको हुँदा आफुले सोचेको जस्तो व्यवसाय फस्टाँउन नसकेको औंल्याउनुभयो ।
बेलजियमका एमएम अन्तर्राष्ट्रिय उत्पादन आयात र निर्यातका सिईओ रजनी प्रधानले कुनै पनि सामाग्रीहरुको मिति , प्याकेजिन र ठिक मुल्य राख्न आवश्यक रहेको बताउँनुभयो ।
किर्तिपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज्य लक्ष्मी शाक्यले नेपालमा उत्पादन हुने खाद्यान्न सामाग्रीदेखि विभिन्न सामानहरु विदेशमा आयात हुदै गरेको जानकारी दिनुभयो ।
ललितपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सजना श्रेष्ठले नेपालमा उत्पादन भएका सामाग्रीहरु अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनु सकिने हुँदा उद्यमीको लागि बजार खोज र सहजको लागि यस कार्यक्रम महत्त्वपूर्ण रहेको बताउँनुभयो ।
स्थानीय उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण सम्बन्धि छलफल हुँदै गर्दा विभिन्न संघ संस्थाका प्रतिनिधिनहरुले आफ्नो जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका महासचिव भुमि नन्दन कर्मचार्य , ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मनोज बहादुर न्याछयों , ललितपुर उद्योग वाणिज्य संघका सल्लाहकार , सह संयोजक तथा सदस्यहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि उपस्थित रहेको थिए ।