ललितपुर -एन. एम . एस ड्राइभिङ्ग ईन्स्टिच्युको आयोजना र ललितपुर महानगरपालिकाको सहयोगमा युवाहरुका लागि २० दिने स्वरोजगारमुलक ड्राइभिङ्ग तालीम सम्पन्न भएको छ ।उक्त तालीममा २२ जना युवाहरुले सहभागी जनाएका छन् ।
ललितपुर महानगरपालिका वडा नं.५ भित्र बसोबास गर्ने युवाहरु कोहि पनि बेरोजगार नहोस् भन्ने उदेश्यले प्रत्येक वर्ष युवाहरूलाई ड्राइभिङ्ग तालीम दिदै आएको ललितपुर महानगर वडा नं.५ का वडा अध्यक्ष विकास मान श्रेष्ठले बताउँनुभयो ।ड्राइभिङ्ग तालीम लिएका प्रशिक्षार्थीहरुले पठाउ चलाएर पनि आय आर्जन गर्दै आएको जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिका उद्योग तथा सहकार्य सघंका अध्यक्ष चन्द्र लाल डंगोलले युवाहरूलाई रोजगार बनाउने मुख्य उदेश्यले ड्राइभिङ्ग तालीम संचालन गरेको बताउँनुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं.५ का महिला सदस्य शोभा देवि प्रदान श्रेष्ठ र वडा सदस्य अशोक कुमार श्रेष्ठले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभयो । त्यस्तै एन. एम . एस ड्राइभिङ्ग ईन्स्टिच्युका प्रशिक्षकले तालीमबाट सिकेको सिपलाई सहि सदुपयोग गर्नको लागि प्रशिक्षार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।साथै ड्राइभिङ्ग तालीम लिन पाएकोमा प्रशिक्षार्थीहरुले खुशी व्यक्त गर्दै वडालाई धन्यवाद व्यक्त गरेका छन् ।
२० दिने स्वरोजगारमुलक ड्राइभिङ्ग तालीममा सहभागी हुने प्रशिक्षार्थीहरुलाई उज्वल भविष्यको कामना गर्दै वडाका जनप्रतिनिधिहरुले प्रमाणपत्र हस्तान्तरण गरे । उक्त तालीममा सक्रिय रुपमा सहभागी जनाई लाइसेन्स निकालन सफल हुने प्रशिक्षार्थीहरुलाई नगद पुरस्कार दिएको थियो ।
कार्यक्रममा ललितपुर महानगर वडा नं.५ का वडा सदस्य मञ्जु रिजाल , पुर्नम निरौला लगायतको उपस्थित रहेको थियो ।