पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिप्रति एमालेले जनायो आपत्ति

Date: 2025-04-14
news-banner

सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको भिडियो सन्देशप्रति आपत्ति जनाएको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले ज्ञानेन्द्रको अभिव्यक्ति आपत्तिजनक रहेको निष्कर्ष निकाल्दै राजतन्त्र पुनर्स्थापनाको प्रयासलाई अवाञ्छित र असफल भएको ठहर गरेको छ ।

आइतबार दिएको भिडियो सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले तीनकुनेमा भएको हिंसात्मक घटनालाई जनतामा आएको जागरणका रूपमा वर्णन गरेका थिए । उनलेका थिए, 'जनतामा नयाँ चेतना जागेको छ र यो देशका लागि सकारात्मक संकेत हो ।' उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै वाद वा तन्त्र नहुनेसमेत बताएका थिए । उनले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै पुरानो शासन प्रणालीको महत्त्वको चर्चा गरेका थिए ।  एमालेले यो अभिव्यक्तिलाई आपत्तिजनक र गलत मान्दै कडा प्रतिक्रिया दिएको छ । सोमबार बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, 'पूर्वराजा ज्ञानेन्द्रको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि अहिलेका उपलब्धिहरूलाई पछाडि फर्काउन सकिन्छ भन्ने आशा र त्यससम्बन्धी सक्रियता जीवितै रहेको पायौँ, जुन गलत भयो ।'

तीनकुने घटनालाई जनताको जागरण भन्ने ज्ञानेन्द्रको भनाइमा पनि एमालेले आपत्ति जनाएको छ । 

Leave Your Comments