२७ सयले बढ्यो सुन, मूल्य अहिलेसम्मकै उच्च

Date: 2025-04-16
news-banner
नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २७ सय रुपैयाँ बढेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य बढेर तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो।यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो।

Leave Your Comments