रामेछापबाट लुक्ला उडेको जहाजमा समस्या, काठमाडौंमा अवतरण गराइयो

Date: 2025-04-16
news-banner

रामेछापबाट लुक्लाका लागि उडेको जहाजमा समस्या देखिएपछि काठमाडौं ल्याएर अवतरण गरिएको छ ।

लुक्लाका लागि उडेको सीता एयरको जहाजमा समस्या देखिएको हो । जहाजलाई अवतरण गराउने क्रममा त्रिभुवन विमानस्थलमा केही समय उडान र अवतरण रोक्नु परेको थियो ।

विमानमा हायड्रोलिक समस्या देखिएको बताइएको छ । विमान सकुशल अवतरणपछि ट्रयाक्टरले तानेर पार्किङमा लगेर राखिएको हो ।

Leave Your Comments