राष्ट्रपतिले गरे संसद्‌को दुवै सदनको अधिवेशन आह्वान

Date: 2025-04-16
news-banner

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले संसद् बैठक आह्वानका लागि सिफारिस गरेअनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद् अधिवेशन बोलाइएको हो।

काठमाडौँमा जारी शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० तत्काल पारित गर्न सरकारले संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।

Leave Your Comments