सरकारले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि सचेत रहेको बताएको छ ।
आज परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्णरुपमा सचेत रहेको बताएको हो ।
मन्त्रालयले आवश्यक परेमा इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।
