रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेनलाई प्रत्यक्ष वार्तामा बस्न आह्वान

Date: 2025-05-11
news-banner

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई छिटोभन्दा छिटो प्रत्यक्ष वार्तामा बस्न आव्हान गर्नुभएको छ ।

एक साताको युद्धविराम घोषणा गरेको रुसलाई युरोपेली नेताहरुले ३० दिने निःशर्त युद्धविरामका लागि दवाब दिइरहेका बेला पुटिनले स्थायी शान्तिका लागि वार्तामा आउन युक्रेनलाई आव्हान गर्नुभएको हो ।

हिजो राति क्रेमलिनबाट टेलिभिजनमार्फत दिएको दुर्लभ सम्बोधनमा पुटिनले १५ मे भित्रै वार्ता सुरु गर्नुपर्ने बताउनु भएको हो । पुटिनले आफूहरुले गम्भीर वार्ता गर्न चाहेको बताउनु भएको छ ।

वार्ताले द्वन्द्वको मूल कारण पत्ता लगाई स्थायी शान्तितर्फ अघि बढ्न सहयोग गर्नेमा विश्वस्त रहेको पुटिनको भनाइ छ । पुटिनको पछिल्लो अभिव्यक्तिलाई रूसको रणनीतिक परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।

तर यसलाई यर्थार्थमै वार्तामा परिणत गर्ने या नहुने भन्ने कुरामा अझै अन्योल छ । युक्रेन र पश्चिमा शक्तिहरूको प्रतिक्रिया यसका लागि निर्णायक हुन सक्ने अनुमान गरिएको छ ।

Leave Your Comments