बजारमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन र चाँदीको मूल्य बढेको हो ।
आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४१ हजार २ सय रुपैयाँ थियो ।
महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य १ हजार ८ सय २० रुपैयाँ पुगेको छ ।