आयुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया

Date: 2024-06-21
news-banner
आयुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्मको तथ्यांकअनुसार ओपिडीमा ७५१३ जना महिला, ५५०४ जना पुरुष, पूर्वकर्म/ पंचकर्ममा २२३८ महिला तथा १६७७ जना पुरुषले सेवा लिएको केन्द्रकी प्रमुख डा.सृष्टि श्रेष्ठले जानकारी दिइन् ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले मुख्यमन्त्री जनता कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम, स्वस्थ्य जीवन प्रवर्धन कार्यक्रम, जिल्लास्थित राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव व्यवस्थापन तथा पूर्वकर्म सेवा लगायत कार्यक्रम सञ्चालन गर्दै आएको उनले! बताइन् ।

कार्यक्रममा केन्द्रका वरिष्ठ वैद्य तथा योग प्रशिक्षक जानुका भट्टराईले पत्रकारहरुलाई योग गर्ने तरिका सिकाएको थियो  ।

Leave Your Comments