भोलि कुम्भेश्वर मन्दिर प्राङ्गणमा जनैपूर्णिमाको अवसरमा भव्य मेला आयोजना हुँदै

Date: 2025-08-08
news-banner
ललितपुर- ललितपुर महानगरपालिका वडा नं. ११ स्थित ऐतिहासिक कुम्भेश्वर मन्दिर प्राङ्गणमा यस वर्ष पनि जनैपूर्णिमाको अवसरमा भव्य मेला आयोजना हुँदैछ। प्रत्येक वर्षझैँ यसपटक पनि श्रावण शुक्ल पूर्णिमाको दिन पर्ने जनैपूर्णिमा अर्थात रक्षाबन्धनको दिनलाई लक्षित गर्दै मेलाको आयोजना गरिएको हो।

ललितपुर महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अरोज कुमार खड्गीले सम्पूर्ण श्रद्धालु, भक्तजन, नगरवासी तथा बाह्य पाहुनालाई मेलामा सहभागिता जनाई धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यस पर्वलाई सफल बनाउन आग्रह गरेका छन्।जनैपूर्णिमा पर्व हिन्दू धर्ममा विशेष महत्व राख्ने पर्व हो, जहाँ ब्राह्मण, क्षेत्री, वैश्य जातिहरूले पवित्र जनै फेर्ने परम्परा रहिआएको छ भने अन्य धर्मावलम्बीहरूले पनि रक्षाबन्धन बाँधेर भाइचारा, सद्भाव र सुरक्षाको कामना गर्ने चलन रहेको छ। कुम्भेश्वर मन्दिरमा विशेष पूजाअर्चना, दान, स्नान तथा धार्मिक अनुष्ठानहरूका साथै जात्रासमेत हुने हुँदा यो स्थान विशेष आकर्षणको केन्द्र बन्ने गर्दछ।

सुरक्षा व्यवस्थालाई चुस्त बनाउने र भीड व्यवस्थापनका लागि मंगलबजार प्रहरी , जावलाखेल प्रहरी , ललितपुर महानगर प्रहरीबल , नेपाल स्काउट रेडक्रस सशस्त्र प्रहरी बल स्वयंसेवक समूहहरू परिचालन गरिने जनै पूर्णिमा मेला व्यवस्थापन समितिले जानकारी दिइएको छ। त्यस्तै भक्तजनहरूलाई सहज रूपमा दर्शन गर्नको निमित्त एक नम्बर गेटबाट मन्दिरबाट बाहिर निस्किने भने दुई र ३ नम्बर गेट महिलाको लागि र ४ नं. गेट महिला र पुरुष भनी छुट्टाएको छ।

Leave Your Comments