चोछें मंका खलको आयोजनामा वृहत स्वास्थ्य शिविर सम्पन्न

Date: 2026-02-07
news-banner
ललितपुर - चोछें मंका खल, शिक्षा तथा स्वास्थ्य उपसमितिको आयोजनामा ललितपुर महानगरपालिका वडा नं. १२ मा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त शिविर आयोजना गरिएको हो।

शिविरमा नाक, कान, घाँटी तथा पाठेघरसम्बन्धी परीक्षण, सामान्य स्वास्थ्य परीक्षण, ईसीजी तथा अल्ट्रासाउन्ड सेवा उपलब्ध गराइएको थियो। साथै, विभिन्न रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क परामर्श सेवा प्रदान गरिनुका साथै निःशुल्क औषधि वितरणसमेत गरिएको थियो।स्टार हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरबाट महिला तथा ज्येष्ठ नागरिक विशेष रूपमा लाभान्वित भएको आयोजकले जानकारी दिएका छन्।

आयोजक संस्थाका अनुसार यस्ता स्वास्थ्य शिविरहरूले रोगको प्रारम्भिक पहिचानमा सहयोग पुर्‍याउनुका साथै समुदायको समग्र स्वास्थ्य अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

Leave Your Comments