सिद्धान्त नमिल्नेसँग सरकार होइन : योगेश भट्टराई

Date: 2026-02-13
news-banner
ललितपुर - नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सिद्धान्त र विचार नमिल्नेसँग सरकार बनाउनु गलत भएकोले अब एमालेले सरकार बनाउन अनावश्यक लसपस नगर्ने बताउनुभएको छ । ललितपुर क्षेत्र नं. ३ निर्वाचन केन्द्रित कार्यकता भेलामा सम्बोधन गर्दै एमाले उपमहासचिव भट्टराईले एमाले जनतालई राज्यसँग जोड्ने धेरै राम्रो कार्य गर्दै गर्दा पनि सरकार बनाउन सिद्धान्त र विचार नहुनेसँग सहकार्य गर्नु गलत भएकाले अब त्यसो नगर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एमालेले २०५१ सालमा गाउँमा जनतासँग जोड्न बजेट गाउँमा पु¥यायो । ७४ को निर्वाचनपश्चात् ठूला आयोजना र गौरवका आयोजनाको समय तोकेर पूरा गर्ने काम ग¥यो । समयअनुसार जनतालाई केन्द्रमा राखेर काम ग¥यो । त्यसैले सरकार बनाउँदा देखिएको विषयले जनताका मन पनि दुःखेको छ । हामी जनताकै प्रतिनिधि भएकोले यसलाई हामीले बुझेका छौं ।”

वर्तमान समयमा सबैभन्दा बढी आक्रमण एमालेलाई भएकाले धैर्यता र जनतासँग नजिक भएर निर्वाचन लड्नु नै उपयुक्त हुने उहाँले बताउनुभएको छ । जनता पनि एमालेको केही गतिविधिमा रुष्ट भएकोले यसमा जनतालाई राम्रो जवाफ दिएमा पुनः जनतालसँग नजिक हुने उहाँको भनाई थियो । भट्टराईले देशमा निर्वाचनमा सबैभन्दा कठिन समय एमालेको लागि रहेको बताउनुभयो । देशमा अरु कोही पार्टीलाई आक्रमण नभएर एमालेलाई मात्र प्रहार हुनु भनेको एमालेको शक्तिलाई क्षयीकरण गर्न भएको भनाई राख्नुभयो ।

देशमा नयाँ भनेर आउँनेले केमा नयाँ भन्ने देखाउन सक्नुपर्ने बताउनुभयो । राज्यको शासकीय स्वरुप, आर्थिक व्यवस्थादेखी अन्य कुनै विषयमा पनि नयाँ दिन नसक्ने तर आफुलाई नयाँ भएकैले भोट दिनुपर्ने तर्क सही हुन नसक्ने दाबी भट्टराईले गर्नुभयो । उहाँले जनताको प्रश्न सुन्न पनि नसक्ने र उत्तर पनि दिन नसक्ने व्यक्तिबाट बचेर सधैं जनतासँगै जोडिएको एमाले सधैं र सबैका लागि उपयुक्त हुने दाबी गर्नुभयो । उहाँले जनतालाई एमालेप्रति आक्रोस भए एमालेलाई भन्ने हो र एमालेले उत्तर दिने भएकोले सिंहदरबार र सर्वोच्च जलाउने नपाइने किनकी ती सम्पत्ति एमालेको मात्र होइन, सारा नेपालीको भएको बताउनुभयो । 

भट्टराईले सन्दन थापा मगरले निर्वाचनमा जित्नु भनेको एमालेले मात्र नभई देशको जीत हुने दावी गर्नुभयो । ललितपुर ३ मा सन्दन थापामगर एक व्यक्ति मात्र नभई पार्टीको प्रतिनिधि भएकाले सन्दन थापामगरसँग सिंगो पार्टी पंक्तिदेखी सबै जनता र कार्यकर्ता समावेश भएको भट्टराईको भाव व्यक्त गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “जनताले नचाहेको निर्वाचन लड्नुपरेको छ, यो किन भन्ने अहिले नआएपनि इतिहासले सबै कुराको खोजीनीति गर्नेछ विश्वास लिन सकिन्छ । एमाले यो देशको निर्वाचनको लागि ससक्त पार्टी हो, यो तथ्य र घटनाले स्पष्ट पारेको छ । २०४८४८ सालदेखी एमालेको नामबाट भएको निर्वाचनमा कहिले हामी पराजित भयौं, कहिले हामी जित्यौ, हामी जितेको अवस्थामा पनि मात्तिएनौ र नजित्दा पनि मात्तिएनौं । २०६४ सालको निर्वाचनको परिणामा अत्यासलाग्दो थियो । २०७० सालको निर्वाचनमा जनताको विश्वास पुनः आर्जन गरेर धुलो टक्ट्कायो र एमालेले लोकप्रिय मतमा केही अपवाद बाहेक धेरै समयमा अग्रस्थानमा छ ।”

कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नंं ३ का एमाले उम्मेदवार सन्दन थापा मगरले युवा पुस्ताले चाहेको जस्तो नयाँ उम्मेदवार आफु रहेको दावी गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, “यदि युवाले नयाँ खोज्नुभएको हो भने अन्य उम्मेदवारभन्दा नयाँ म छु । एमालेले युवा उम्मेदवार उठाएको क्षेत्रमध्ये मैले सामाजिक जीवनमा गरेको कार्यको आधारमा क्षेत्रभर कार्य गर्न सक्छ भनेर उठाएको छ । त्यसले म युवा पनि छु, नयाँ पनि छु । होइन पुरानो खोज्ने हो भने म पुरानो र सबैभन्दा विकासमा जोडिएको पार्टी एमालेको उम्मेदवार हुँ । त्यसैले सबैले मलाई भोट हाल्न सक्ने वातावरण बनेको छ ।”

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा ललितपुर क्षेत्र नं. ३ निर्वाचन परिचालन कमिटीका संयोजक, डा. टिका ढकाल, एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, एमाले पूर्व केन्द्रीय सदस्य बाबुराम थापा आदिले सम्बोधन गर्नुभएको थियो ।

Leave Your Comments