ललितपुर - कुमारीपाटी क्लब को आयोजनामा महाशिवरात्रीको पावन अवसरमा विशेष सांस्कृतिक तथा धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। हरेक वर्षझैँ यस वर्ष पनि क्लबले जगन्नाथ भजन मण्डल सँगको सहकार्यमा हर्षोल्लासका साथ शिवरात्री विशेष कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा स्थानीय बासिन्दा, भक्तजन तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शिवभक्तहरूले भगवान शिवप्रति आस्था प्रकट गर्दै भजन–कीर्तन तथा धार्मिक स्तुति प्रस्तुत गरेका थिए। वातावरण भक्तिमय बनेको थियो भने सहभागीहरू आध्यात्मिक आनन्दमा रमाएका देखिन्थे।
कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकासमान श्रेष्ठ ले कुमारीपाटी क्लब र जगन्नाथ भजन मण्डलले समुदायमा धार्मिक तथा सांस्कृतिक जागरण फैलाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो। उहाँले ललितपुर महानगरपालिका वडा नं. ५ को तर्फबाट यस्ता सकारात्मक र सामाजिक सद्भाव बढाउने कार्यक्रमहरूमा सधैं साथ र
कार्यक्रमका अवसरमा जगन्नाथ भजन मण्डललाई निरन्तर सहयोग तथा समर्थन गर्दै आएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित व्यक्तिहरूले संस्थाको निरन्तरता र विकासका लागि आफ्नो साथ रहने प्रतिबद्धता जनाएका थिए।स्थानीय समुदायमा आपसी सद्भाव, धार्मिक आस्था र सांस्कृतिक एकतालाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सभ्य, मर्यादित र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। आयोजकका अनुसार आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा धार्मिक कार्यक्रमलाई निरन्तरता दिइनेछ।