श्रम संस्कृति पार्टीले भत्काए माओवादीको लालकिल्ला भनेर चिनिने सुनापति

Date: 2026-02-22
news-banner
रोल्पाको थवाङ भनेर चिनिने रामेछाप जिल्ला को सुनापति गाउपालिका माओवादी को लालकिल्ला अन्ततः श्रम संस्कृति पार्टी रामेछाप ले भत्काउन सफल भएका छन् । 

श्रम संस्कृति पार्टीका जिल्ला संयोजक श्याम लाल योन्जन साबिक हिलेदेबी गाबिस र  प्रतिनिधि सभाका उम्मेदवार डि.बी मगर साबिक दिमीपोखरी गाबिस को हुनुहुन्छ भने उज्यालो नेपाल पार्टी का केन्द्रिय अध्यक्ष कुलमान घिसिङ को जन्म गाउँ पनि सुनापति गाउपालिका को ४ नम्बर वडा अर्थात बेथान गाबिस मा पर्दछ। उज्यालो नेपाल पार्टी लाई समेत पछि पार्दै नेपाल कम्युनिस्ट पार्टी,नेपाली काङ्ग्रेस पार्टी,नेकपा एमाले लगायतका पार्टी हरु छाडेर दिन दुगुणा रात चौगुणा श्रम संस्कृति पार्टीमा प्रवेश गर्नेहरुको भिड देख्न सकिन्छ, श्रम संस्कृति पार्टीमा प्रबेश गर्ने साथीहरुलाई निसर्त पार्टीमा प्रवेश हुन अनुरोध गरेका छन् । 

निर्वाचन मा भाग लिएका अरु उम्मेदवार भन्दा श्रम संस्कृति पार्टीका उम्मेदवार युवा देखिन्छन् प्रतिनिधि सभाका उम्मेदवार डि.बी मगरले तत्काल को लागि श्रम गरेको देखिएता पनि आफ्नो जित पछि प्रतिनिधि सभा बाटै प्रत्येक नेपाली नागरिकले श्रम गर्नुपर्ने कानुन बनाउने बताएका छन् । युवा र जेन्जी हरुको समस्या समाधानका लागि जेन्जी आयोग गठन हुनुपर्ने र आफ्नो पार्टीको जेन्जी आयोग गठन गर्ने एजेन्डा रहेको पनि एक कार्यक्रम मा बताएका छन् ।




Leave Your Comments