खाँडादेवी गाउँपालिका मा सुमो दुर्घटना : ६ घाइते, ३ गम्भीर

Date: 2026-03-23
news-banner
रामेछाप - रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुम मा सोमबार बिहान यात्रुवाहक सुमो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। खाँडादेवी गाउँपालिका–७ टिमु बाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेहरूमा अन्दाजी ६० वर्षीया ठुली तामाङ, ४५ वर्षीया रिता तामाङ र ४८ वर्षीया सुनमाया तामाङ रहेका छन्।
गम्भीर घाइते तीनै जनालाई थप उपचारका लागि तत्काल काठमाडौँ पठाइएको छ भने अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ। 

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

Leave Your Comments